इन्डियन आइडल सिजन-१३ को विजेता बने ऋषि सिंह

0
4
इन्डियन आइडल सिजन-१३ को विजेता बने ऋषि सिंह

इन्डियन आइडल सिजन-१३ को विजेता बने ऋषि सिंह, भारतको लोकप्रिय रियालिटि सो इन्डियन आइडल सिजन-१३ को उपाधि ऋषि सिंहले जितेका छन् । गएराति भएको फाइनलमा कोलकाताकी देवोस्मिता रोयलाई पछि पार्दै बनारसका ऋषिले उपाधि हात पारेका हुन् ।

उनले २५ लाख भारतीय रुपैयाँ पाए भने मारुती सुजुकी कार पाए । रनरअप बनेको रोयले पाँच लाख प्राप्त गरिन् । त्यस्तै चिराग कोटवाल तेस्रो भए । फाइनलमा ६ जना प्रतिस्पर्धी थिए । जनताको भोटका आधारमा सोनाक्षी कर छैठौं, शिवम सिंह पाँचौं र विदिप्ता चक्रवर्ती चौथो बनिन्।

अन्य समाचार:- नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी एक डलरको खरिददर १३१.१७ रुपैयाँ रहेको छभने बिक्री दर भने १३१.७७ रुपैयाँ रहेको छ ।

आज एक युरोको खरिददर १४२.२० रुपैयाँ रहेको छ भने बिक्रीदर १४२.८५ रुपैयाँ रहेको छ । यस्तै, साउदी रियाल एकको खरिददर ३४.९४ रुपैयाँ रहँदा बिक्रीदर ३५.१० रुपैयाँ रहेको छ ।

आज मलेसियन रिंगिट एकको खरिददर २९.७३ रुपैयाँ रहेको छ भने बिक्रीदर २९.८६ रुपैयाँ रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here