गणतन्त्रमा बोल्न पाइन्छ भन्थे, प्रचण्ड कै अगाडी मुख थुनेर बोल्न समेत दिएनन्, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध नयाँ बानेश्वरमा नाराबाजी भएको छ । मंगलबार प्रधानमन्त्री प्रचण्ड ५८औँ अन्त र्राष्ट्रिय जातीय भेदभाव उन्मूलन सार्वजनिक समारोहमा जाँदै गर्दा तीन जना युवाले प्रधान कमन्त्रीविरुद्ध नाराबाजी गरेका हुन् ।
कार्यक्रममा एक युवाले प्रधानमन्त्रीलाई आफ्ना कुरा राख्न पाउनुपर्ने भन्दै प्रहरीलाई आग्रह गरेका थिए । तर, प्रहरीले ती युवालाई समाउन खोज्दा उनले आतंककारी प्रचण्ड मुर्दावाद भन्दै विरोध गरेका थिए । त्यसबीचमा अर्का एक जना युवाले प्रहरीले मुख बन्द गर्न पाइँदैन भन्दै नारा लगाए ।
दुवै जना युवालाई प्रहरीले नियन्त्रणमा लिन खोज्दा उनीहरूले ‘गरिबमारा प्रचण्ड मुर्दावाद’, ‘मूल्यवृद्धि खारेज गर्’, ‘नालयक सरकार होसियार’, ‘युवालाई मार्न पाइँदैन, यस्तो सरकार चाहिँदैन’, ‘७७ जिल्लाका युवा एक हौँ’ भन्दै नाराबाजी गरेका थिए ।
उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएसँगै कार्यक्रम स्थलमा प्रधानमन्त्री प्रचण्ड पुगेका थिए ।प्रधानमन्त्री प्रचण्ड कार्यक्रम स्थलमा जाँदै गर्दा उनकै अगाडि एक युवाले ‘बैंकको मिटर ब्याज मिनाह गर्’ भन्दै नारा लगाएका थिए ।
ती युवालाई प्रहरीले तत्काल नियन्त्रणमा लिएको थियो । प्रहरीले ति युवाको मुख थुनेर बोल्न समेत दिएको थिएन ।
यो पनि ० नेकपा (माओवादी) केन्द्रको पाँच दिने पार्टी केन्द्रीय स्कुल मंगलबारदेखि पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडामा सुरू भएको छ ।जिल्ला तहमा प्रशिक्षक उत्पादन गर्ने उद्देश्य सहित आयोजना गरिएको पाँच दिने केन्द्रीय प्रशिक्षक प्रशिक्षण कार्यक्रमलाई
मंगलबार दिउँसो प्रधानमन्त्री एवं नेपाल कम्यु निष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेका छन् ।पेरिसडाँडामा आयोजित उद्घाटन सत्रमा बोल्दै उनले भने, ‘आजको दुनियाँमा विचारको शक्ति नै सबैभन्दा महत्वपूर्ण शक्ति हो ।
तथ्य, सच्चाइ र तर्कको बलमा कम्युनिस्ट आन्दोलनको पक्षमा, कार्यदिशाको पक्षमा, जनताको मुक्ति र परिवर्तनको पक्षमा जसले व्यवस्थित रूपमा विचार प्रस्तुत गर्न सक्दछ, उसले नै समाज र राष्ट्रको नेतृत्व गर्दछ।
पाँच दिनसम्म चल्ने पार्टी स्कुलले पार्टीको विचारधारात्मक स्पष्टता र विकासका निम्ति महत्वपूर्ण भूमिका खेल्नेछ ।’पाँच दिनसम्म चल्ने पार्टी स्कुलमा दर्शनशास्त्रको विकासक्रम, द्वन्द्वात्मक भौतिकवाद, ऐतिहासिक भौतिक वाद, आजको विश्व र दर्शनको विकास, राजनीतिक अर्थशास्त्र, आजको विश्व अर्थतन्त्र, समाजवादी अर्थतन्त्र, नेपाली अर्थतन्त्र, विशेषता र सम्भावना, वैज्ञानिक समाजवाद र विकासक्रम,
समाजवादको सैद्धान्तिक पक्ष, समाजवादको नेपाली विशेषता र कम्युनिष्टहरूको कार्यभार, वैज्ञानिक दृष्टिकोण, विज्ञानका नयाँ आयामहरूमाथि विश्लेषण, विश्व एवं नेपाली कम्युनिस्ट आन्दोलनको इतिहास, राजनीतिक कार्यदिशा र विकास, पार्टी संगठन र परिचालन, व्यवस्थापन, आत्मनिर्भरता र विकास, राष्ट्रियता र भूराजनीति,
संस्कृति र समाजवाद, उत्पीडित समुदायको सवाल, राष्ट्रिय ताको सवाल लगायतका विषयहरू समाविष्ट छन् ।स्कुलमा पार्टीका भूगोल जिल्ला, विशेष कमिटी र जनवर्गीय संगठनका छानिएका प्रतिनिधिहरू उपस्थित हुनेछन् । स्कुललाई पार्टी नेता एवं विषयविज्ञहरूले सहजीकरण गर्नेछन् ।















