पल शाह र मल्लिकाको फेरि जोडि जम्दै, पल र मल्लिकाका फ्यानहरुमा खुशियाली यस्तो भन्छन, ४ दर्जन बढी भिडियोको लागि पनि पलले वचन दिइसकेका कारण फिल्महरु साइन गर्नु अघि केही भिडियोको काम सकिहाल्ने पललाई भेटेर फर्किएका निर्देशक बताउँछन् ।
परिवारसँग समय बिताइरहेका पलले पहिलो भिडियो मलिकासँग खेल्ने संभावना छ । गत हप्ता जेलबाट रिहा भएका अभिनेता पल शाह अब अभिनयमा फर्किने तयारीमा छन् ।फागुण १५ गते अदालतबाट सफाई पाए लगत्तै पोखरा गएर फ्रेस भएर काठमाडौँ आएका पलले अहिले आफ्नो सुटिगंको सेड्युल मिलाइरहेका छन् ।
हाल परिवारसँग समय बिताइरहेका पलले आधा दर्जन बढी फिल्म र ५० भन्दा बढी म्यूजिक भिडियोमा काम गर्ने वचन दिइसकेका छन् । जसका लागि उनले गत वर्ष नै समय दिएका फिल्म र भिडियोलाई नै पहिला गर्ने बताइन्छ । पललाई हालै उनको निवासमा नै पुगेर भेटेर फर्किएका म्यूजिक भिडियो निर्देशकका अनुसार पलले ।
सबैभन्दा पहिला आफ्नै च्यानलका लागि भिडियो खेल्दैछन् । जसमा मलिकाले अभिनय गर्ने संभावना बढी छ । यसअघि पलले मलिकासँग फुल बुट्टे सारीमा अभिनय गरेका थिए । ‘फुलबुट्टे सारी र टाढा भएपनि’ बोलको गीतमा देखिएपछि यो जोडीलाई दर्शकले अत्याधिक रुचाएका थिए ।
https://youtu.be/t-Y-2EybCpI















