नेपालको झन्डा फहराउदै विश्वकप फुटबल हेर्न कतार पुगेका गायक बद्रि पंगेनीले भर्खरै लेखे यस्तो स्टाटस..,

0
5

नेपालको झन्डा फहराउदै विश्वकप फुटबल हेर्न कतार पुगेका गायक बद्रि पंगेनीले भर्खरै लेखे यस्तो स्टाटस..,

काठमाडौं– लोक गायक बद्रि पंगेनी विश्वकप फुटबल हेर्न कतारस्थित रंगशालामै पुगेका छन्।आयोजक कतार र नेदरल्याण्ड्सबीचको खेल हेर्न उनी यतिबेला रंगशालामा छन्। रंगशालामा खिचिएका तस्बिर सामाजिक सञ्जालमा शेयर गर्दै उनले भनेका छन्, ‘हजारौं सपनामध्ये एउटा सपना पूरा भएको छ।’

उनी नेपालको राष्ट्रिय झण्डा बोकेर दौरा सुरुवालसहित रंगशालामा उपस्थित भएका छन्। गायक पंगेनीले आफूले आयोजक कतारको पक्षमा हुटिङ गर्ने बताए। खेलप्रेमी पंगेनी पोर्चगलका स्टार क्रिस्टियानो रोनाल्डोका फ्यान हुन अर्जेन्टिनाका लियोनल मेसीको पनि आफू शुभचिन्तक रहेको उनी बताउँछन्।

यद्यपि, उनलाई यसपल्ट इंग्ल्याण्डले जिते हुन्थ्यो लागेको छ। हालसम्मका खेल हेरिरहँदा भने साविक विजेता फ्रान्सले नै जित्न सक्ने सम्भावना देखेका छन् उनले। यसै बीच फिफा विश्वकप कतार २०२२ मा प्रतियोगिताको नियम नमान्दा चार पटकको विजेता जर्मनीले जरिवाना तिर्नुपर्ने भएको छ ।

जर्मनीले स्पेनविरुद्ध खेलको अघिल्लो दिन पत्रकार सम्मेलनमा प्रशिक्षकलाई मात्र उपस्थित गराएपछि फिफाले जरिवानासहित चेतावनी दिएको हो । फिफाले जर्मनी फुटबल संघलाई १० हजार स्विस फ्रान्क (१३ लाख ७५ हजार नेपाली रुपैयाँ) जरिवाना निर्णय गरेको हो ।

फिफा विश्वकपको मिडिया र मार्केटिङ नियमावलीको दफा २.७.२ अनुसार हरेक टोलीले खेलको अघिल्लो दिन हुने पत्रकार सम्मेलनमा प्रशिक्षकसँगै खेलाडी पठाउनुपर्ने उल्लेख छ । तर जर्मनीले स्पेनविरुद्ध खेलको अघिल्लो दिन प्रशिक्षक हान्सी फ्लिकलाई मात्र पत्रकार सम्मेलनमा पठाएको थियो । खेलाडी नपठाएपछि फिफाले चे`तावनी दिँदै जरिवाना गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here