काराेबारकाे चाैथाे दिन आज (मङ्सिर ०७ गते) बुधबार सुन र चाँदी दुवैको मूल्य घटेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज बुधबार ४ सय रुपैयाँले घट्दै ९६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज बुधबार तेजावी सुन प्रति तोला ९६ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
यस्तै, चाँदीको मूल्य पनि आज बुधबार ५ रुपैया ले घटेकाे छ । आज चाँदीको मूल्य ५ रुपैयाँले घट्दै १ हजार २ सय ७५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ सल्लाह सुझाव को लागि हामिलाई कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।। तपाइको एक सेयरले थाहा नपाएकाले जानकारी पाउनेछन भने हामीलाई पनि सहयोग पुग्नेछ ।















