डोटीमा जीप दु’र्घटना ,आठ जना घा”इते

0
1

डोटीको सायल गाउँपालिका–१ तेलपारामा जीप दु”र्घटना हुँदा आठ जना घा”इते भएका छन् । सायलबाट दिपायलका लागि छुटेको सुदूरपश्चिम प्रदेश ०१-००१ ज १३९४ नम्बरको जीप आज बिहान दु”र्घटनामा परेको हो । गम्भीर घा”इते भएका दुवै जनालाई उपचारका लागि दिपायल पिपल्लामा रहेको शैलेश्वरी अस्पताल लगिएको छ । दु”र्घटनामा परि घा”इते भएकामध्ये दुई जनाको अवस्था ग”म्भीर रहेको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक भोलाकुमार भट्टले जानकारी दिनुभयो ।

अन्य घा”इतेको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । जीपमा १४ जना रहेका प्रहरीले जनाएको छ। जीप चालकलाई नियन्त्रणमा लिइएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। यस्तै,एमालेले अवरुद्ध गरेपछि १५ मिनेटको लागि स्थगित गरिएको प्रतिनिधि सभाको बैठक डेढ घन्टा वितिसक्दा पनि सुरु हुन सकेको छैन । एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार दिएको अभिव्यक्तिको उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र बडुले प्रतिवाद गरेका थिए ।

त्यसपछि आफ्ना अध्यक्षलाई स्तरहीन गाली गरिएको भन्दै एमाले सांसदहरुले संसद अवरुद्ध गरेका हुन् । नेपाल आयल निगम निजीकरण गर्न लागिएको, आधा कमिसन खाएको तथा आधा लिन बाँकी रहेको आधारहिन कुरा ओलीले गरेको भन्दै मन्त्री बडुले प्रतिवाद गरेका थिए । सभामुख, सत्ता पक्षका सांसद तथा एमालेका सांसदहरु बीच छलफल भइरहे पनि बडुको बोली रेकर्डबाट हटाउने मागमा सहमति हुन नसकेको कांग्रेस सांसद डिला संग्रौलाले जानकारी दिइन् ।

आजको बैठकको नीति तथा कार्यक्रम माथिको छलफल र आर्थिक सर्वेक्षण पेश गर्ने कार्यसूची थियो । एमालेलाई आरोपको पुष्टि गर्न मन्त्री बडुले चुनौती दिएपछि बडुको विचारलाई रेकर्डबाट हटाउन प्रमुख प्रतिपक्ष दल एमालेले माग गरेको छ । सहमति गरि संसद चलाउनका लागि स्थगित गरिएको बैठक चल्न सकेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here