सोसल मिडियामा भाई-रल बन्दै ‘मिल्ने भए त आफ्नै सास अतिकति दिनुहुन्थ्यो’सन्दीप क्षेत्रीको यो यथार्थ परक सन्देस(भिडियो हेर्नुहोस्)

0
44
सोसल मिडियामा भाई-रल बन्दै 'मिल्ने भए त आफ्नै सास अतिकति दिनुहुन्थ्यो’सन्दीप क्षेत्रीको यो यथार्थ परक सन्देस(भिडियो हेर्नुहोस्)

सोसल मिडियामा भाई-रल बन्दै ‘मिल्ने भए त आफ्नै सास अतिकति दिनुहुन्थ्यो’सन्दीप क्षेत्रीको यो यथार्थ परक सन्देस(भिडियो हेर्नुहोस्) को-रोना कहरले सन्सारलाई सताइरहेको अनि त्यसमाथी थुप्रै नेपाली जनमानसले भोगिरहेको तितो काहानिलाई भिडियो सन्देस मार्फत सरकारी निकायको ध्यान आकर्शित गर्न खेलियको यो भूमिकाको हामी सबैले सम्मान अनि कदर गर्नै पर्छ ।

प्राणवायु अक्सिजनको महत्व कति छ?  पछिल्लो समय महामारीका कारण अक्सिजनको नेपालमा चरम अभाव भएको छ । धेरै अस्पतालमा बिरामीहरु यही प्राण वायूको अभावमा सधैंका लागि आँखा चिम्म गर्न बाध्य छन् । यसको अभावमा नेपालीले कस्तो सास्ती भोग्नु परेको छ भनेर धेरैलाई थाहा नहुन सक्छ । हामीले जन्मेदेखि निशुल्क फेर्दै आएको अक्सिजन सिलिण्डरमा भरिएपछि त्यसको बास्तविक मुल्य थाहा हुन्छ ।

फोक्सोमा समस्या हुने हुनाले सास फेर्न गाह्रो हुने र कृतिम सास दिएर बिरामीको जीवन बचाउने बाध्यता चिकित्सकहरुलाई परेको छ । तर अस्पतालहरुमा अहिले अक्सिजनको चरम अभाव छ । डाक्टरले अक्सिजनको जोहो गर्न भनेको छ । अक्सिजन पाइएको छैन । यस्तो गहन अनि यस  मार्मिक बिषयलाई उठान गर्दै हास्य कलाकार सन्दीप क्षेत्रीले बेजोड अभिनय मार्फत देखाएका छन् । उनकी श्रीमति अस्पताल भर्ना छिन् ।

उनी भन्छन् ‘अक्सिजन सकियो भनेको छ । साथीभाईलाई भनेको छु । खै, मेरो मात्र होइन । सबै छटपटाई रहेका छन् । आत्तिइरहेका छन् । खाली म आफू मात्रै छटपटाएको देख्छु ।’ मार्मिक अभिनय मार्फत उनि भन्छन, ‘मैले देखेको चीज नेताले सरकारले देखेपनि हुन्थ्यो नि । उक्त भिडियोमा उनी थप बोल्छन् आफूले फेर्ने सासबाट अतिकति त्यसलाई दिन पाए पनि हुन्थ्यो नि त । त्यो पनि मिल्दैन । अक्सिजनको मान्छे चिनेको छैन ।’ उनको यो अभिनयको सर्वत्र प्रशंसा गरिएको छ ।

यो राम्रो सन्देशलाई सम्मान गर्दै, हामिसबैले को-रोना अझ फैलिन नदिन सरसफाईमा ध्यान दिदै सामाजिक दुरी कायम गरौ र सरकारले पनि आफ्नो जिम्मेवारी आफ्ना जनाताको जिबन बचाउनमा ध्यान दिदै  सकेको चाडो  सम्पुर्ण  जनातामा खोप पुर्याओस भन्ने सदीक्षा राखौ । हास्य कलाकार सन्दीप क्षेत्रीको यो अभिनयको सर्वत्र प्रशंसा गरिएको छ । उनको यो भिडियो कान्तिपुर टिभीको ह्वाट द फ्लप भन्ने युट्युवमा अपलोड भएको कार्यक्रममा हेर्न सकिन्छ ।  सकेको सेयर गर्दै सचेत हुँदै सजग रहौ । तलको भिडियो हेर्नुहोस।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here