कसले पुरा गर्न सक्छ मेरो चाहना, विछट्टै प्रेम गर्थे उनलाई। जसको मुहारमा नै संसारकै उत्कृष्ट प्राकृतिक श्रृंगार थियो। मंसिर १४ गते त्यही मुहारको गोलाकारबाट म्यासेन्जरमा म्यासेज आयो। थाहा थियो म्यासेजमा के थियो भनेर। नहेरौं भन्दा पनि मनले मानेन। अनि हतार हतार हेरें। निमन्त्रणा कार्ड पठाएकी रैछे।केटाको नाम हेर्ने रुची मैले गरिनँ। जो सुकै होस्। मलाई के को बाल १
विछट्टै प्रेम गर्थे उनलाई। जसको मुहारमा नै संसारकै उत्कृष्ट प्राकृतिक श्रृंगार थियो। मंसिर १४ गते त्यही मुहारको गोलाकारबाट म्यासेन्जरमा म्यासेज आयो। थाहा थियो म्यासेजमा के थियो भनेर। नहेरौं भन्दा पनि मनले मानेन। अनि हतार हतार हेरें। निमन्त्रणा कार्ड पठाएकी रैछे।केटाको नाम हेर्ने रुची मैले गरिनँ। जो सुकै होस्। मलाई के को बाल !
तर फेरि एकचोटि उनलाई धित मरुन्जेल हेर्ने रहर जागेर आयो। कहाँबाट यो रहर जाग्यो म भन्न सक्दिनँ। सायद प्रेमको ज्वारहरू यति चिरस्थायी हुँदा रहेछन् कि क्या हो १ वा मेडिकल भाषामा भन्दा लभको साइड इफेक्टु भनौं। मलाई त्यही लहरो समाउँदै बिहेमा जाने हुटहुटीले सतायो। अघिल्लो रात निदाउँन सकिनँ।
म आफैंलाई कत्ति होस थिएन। कुन लतको मोहनीमा पुगें र बिहेमा सरिक भएँ। म आफैं सोच्दा पनि दिग्भ्रमित हुन्छु। सायद सिकारु प्रेमीहरू पहिलो प्रेममा धोका पाए पछि यस्तै हुने गर्छन्। पहिला पहिला श्रृङ्गार भने पछि नाक खुम्च्याउने उनलाई त्यो दिन तलदेखि माथिसम्म बेहुलीको भेषमा सिंगारिएको देख्दा मलाई भन्न मन लाग्योु तिमी त कति धेरै स्वाङ पार्ने रहिछौ पहिला चाहिँ पहिरनले नारीको सुन्दरता झल्किँदैन नि।

भित्रैदेखि तेजवान हुनु पर्छ भन्थ्यौ तर अहिले आफैंले आफ्नै वाणीहरूलाई व्यंग्य गर्यौु। तर भनिनँ। बस एउटा कुनामा ब्ल्याक कफी पिउँदै कालो आफ्नो मनको ऐना सफा गर्दै बसेँ। कोही आउँला र तपाई को पर्नु भोरु भनेर सोध्ला र आपत पार्ला भनेर कम्ता चिन्ता लागेको थिएन। म आफूलाई के भनेर चिनाऊँरु दुलहीको पूर्वप्रेमीुरु।