खोटाङ जिल्ला दिक्तेल १ निवासी अनिता बुढाथोकी नाम गरेकी महिला वैदेशिक रोजगारमा रहेका श्रीमानले दिएको पीडा र ब्यथाहरु सुनाउँदै मिडियासामु आएकीछिन । तीन छोराकि आमा उनले श्रीमानको साथसहयोग बिना नै तीनै छोराहरुलाई ज्यालामजदुरी गरेर नै भएपनि कक्षा १२ सम्म पढाईन ।
तर आज जेठो छोरो बाहिर जाने प्रक्रियामा रहँदा आफुलाई ठूलो रकम चाहिएको तर श्रीमानले भने भएको घरजग्गासमेत साँढे ११ लाख रुपैयाँमा लिलामी गरेको र आफुलाई चुर्लुम्मै ॠणमा डुबाएर बिदेशिएकोले मर्नु न बाँच्नुको अबस्थामा पुगेको बताउँदै मिडियामा आएकीछिन ।
घर पनि ब्यबस्थित नरहेको र च्यादरले बारेर बसिरहेको तर अहिले त्यही घर छोड्नुपर्ने बाध्यता आएको बताउँछिन उनी । उक्त ॠण श्रीमानले नै चलाएको र आफुलाई एक रुपैयाँ पनि नदिएको बताईन । श्रीमान नौ बर्षसम्म सम्पर्कबिहिन रहँदा पनि आफुले ढुङ्गा फोडेर र गिटी कुटेर भएपनि एक रुपैयाँ ॠण नबनाएको तर आज श्रीमानले यो के सजाय दिए भन्दै भक्कानिइन्छिन उनी ।
मिडियासामु श्रीमानलाई झिकाइदिन बिन्ती बिसाईन उनले । छोराहरु जिम्मा लगाएर आफू मर्न तयार रहेको बताउँछिन उनि । आफुसँग खुसी छैन भनेर पनि नभनेको र बिदेशबाट आएर ॠण भारी थुपारिदिएर पुनः बिदेश नै जाने गरेको उनको गुनासो छ । कुटपिट, गालीगलौज त सामान्य बिषय नै भयो श्रीमानले घाँटी न्याकेर उपचार गर्ने अबस्थामा समेत पुर्याएको बताउँछिन उनी ।
बाँकी हेर्नुस तलको भिडियोमा
https://youtu.be/NhiajNAtm9g















