बालेनले नबिल बैंक र बैंक अफ काठमाडौँमा डोजर चलाउदा झन्डै हा’नाहान, बालेन फिल्मको हिरो हैन भन्दै जंगिए घरधनी,

0
2

काठमाडौं । काठमाडौं महानगरपालिकाले नयाँबानेश्वर क्षेत्रका अवैध संरचनामा डोजर चलाएको छ । महानगरको नगर प्रहरी टोलीले नयाँबानेश्वरस्थित आकाशेपुल आसपास क्षेत्रका अवैध संरचनामा डोजर चलाएको हो ।

ती क्षेत्रमा विभिन्न घरका पाली, बार्दली, भ¥याङ भत्काइएको महानगरका नगर प्रहरी प्रमुख एसपी राजुनाथ पाण्डेले बताए ।

भदौ ६ गतेदेखि महानगरको अवैध संरचना भत्काउने अभियान जारी छ । आजै बिजुली बजार क्षेत्रमा पनि महानगरले डोजर चलाएको छ । भदौ ६ गतेदेखि सञ्चालित अभियानअन्तर्गत महानगरको नगरप्रहरी टोलीले डोजर चलाएको हो ।

नगर प्रहरी प्रमुख एसपी राजुनाथ पाण्डेका अनुसार बिजुलीबजारस्थित डोटा किचेन हटाउन थालिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here