दाङ जिल्लाको घोराही नगरपालिकामा एउटा यस्तो अनौठो घटना घटेको छ जसमा एक ऋतु मोहोरा भन्ने डिभोर्स भइसकेको एकल महिलाले एक १४ वर्षीय नाबालिका युनिशा शाही लाई लिएर भारत फरार भएकी छिन्।
तीजको दिनको भोलिपल्ट युनिसा को घरमा बास बस्न आएकी ऋतु मोहोराले युनिषा को आमा भोलिपल्ट बिहान आफ्नु दैनिक मजदुरी गर्न गएको मौकामा छोपेर १४ वर्षीय युनीशा लाई फकाएर भारत लिएर गएकी रहेछिन्।
त्यसपछि आमा काम बाट फर्किएपछि छाेरी र उक्त अपरिचित ऋतु मोहोरा लाई नै नदेखे पछि उनी अत्तालिएको रहेछिन्। बेलुका छाेरी फर्किएर आउँछ कि भोलि आउँछ कि भन्दा भन्दै छाेरी फर्किएर नआएको पनि १५ दिन भइसकेको रहेछ।
त्यसपछि उनले प्रहरी तथा सम्बन्धित निकाय सबैमा निवेदन दिएँ पनि कतै बाट कुनै चासो नआएको कारणले अहिले भने उनले एक युट्युब च्यानललाई खबर गरेर आफ्नु छोरीको खोजी गरिदिनु पर्यो भन्दै भिडियोमा आएकी छिन्।
पूरा जानकारीको लागि भिडियो हेर्नुस्















