दिलमाया सुनारकाे तेह्रौ पून्यतिथि दर्पण परिवारले यसरी गर्यो… (भिडियाे हेर्नुस्)

0
4

सुर्खेत जिल्लाको साविक मालापानी गाउँपालिमा जन्मेकी हुन् लोकगायिका दिलमाया सुनार । उनका बुबाआमाका ५ छोरी छन् भने छोरा छैनन् । दिलमाया माइली हुन् । दिलमायाका बुबाआमाको आर्थिक अवस्था कमजोर छ । उनीहरूले सुर्खेतमा भएको जग्गा-जमिन बेचबिखन गरिसकेका छन् । पाँचवटै छोरीहरू बिहे गरेर गइसके । साहिँली छोरीको पनि दिलमायाको जस्तै घर बि`ग्रिएको छ ।

उनका श्रीमान् ५-६ वर्षदेखि सम्पर्क छैनन् । आफ्नो र सन्तानको भरणपोषणका लागि वैदेशिक रोजगारी गर्न उनी कुवेत गएकी हुन् । उनै छोरीले खजुरामा बनाएको घरमा बुबाआमा बसिरहेका छन् । दिलमायाका पहिलो विवाह आफ्नै नाताभित्रको व्यक्तिसँग भएको थियो । नाताले फुपूको छोरासँग विवाह गरेपश्चात एक छोरा जन्मिए । तर, श्रीमान् र श्रीमतीको स`म्वन्ध भने राम्रो हुन सकेन । दिलमाया पहिल्यैदेखि कलाकारितामा आउन चाहिन्थन् । तर, यसमा श्रीमानको समर्थन थिएन । अन्ततः उनले वैदेशिक रोजगारी रोजिन् र कुवेत पुगिन् ।

कुवेतमा दिलमायाले करिब डेढ वर्ष काम गरिन् । तर, सोचेजस्तो नभएपछि स्वदेश फर्किइन् । फर्केपछि पनि श्रीमान्‌सँग सम्बन्धमा सुधार आएन । श्रीमान् र“क्सी`को कु“लतमा रहेको र आफूलाई सधैँ पि“ट्ने गरेकाले सम्बन्ध बिग्रिएको दिलमायाले साथीभाइहरूसँग बताएकी छन् । साथै, श्रीमान्‌को अरु के“टीहरूसँग पनि स“म्बन्ध रहेको उनको आ“रोप छ । अन्ततः उनीहरूले औपचारिक स`म्बन्ध वि…द गरे । श्रीमान्‌ले अहिले दोस्रो श्रीमती बिहे गरेका छन् ।

श्रीमानसँग अ`लग्गिएपछि छोरालाई उनकै जिम्मामा सुम्पेर दिलमाया फेरि वैदेशिक रोजगारीका लागि ओमान गइन् । त्यहाँ उनलाई झन् घा“ त भयो । यहाँबाट जे कामका लागि भनेर लगिएको थियो, त्यो पाइनन् । एउटा परिवारले उनलाई ब“ न्ध- कजस्तो बनाए । बहिनीले उ`द्धा“र गरेर नेपाल फर्काइन् । दिलमायामा सानैदेखि गायनको सोखिन थियो । उनको स्वर मिठो थियो । तर, पहिले बुबाआमाले र पछि श्रीमान्‌ले कलाकारितामा आउन उनलाई रोकावट गरे । बुबाआमा छोरीले ‘घर गरेर खाएको’ हेर्न चाहन्थे ।

अर्को बिहे गरेर छोरा रेखदेख गरेर बसुन् भन्ने उनीहरूको इच्छा थियो । उनीहरूले काठमाडौं नबस्न छोरीलाई सुझाव दिएका थिए । तर, दिलमायाले मानिन् । उनले लोकदोहोरीमै सक्रिय रहने अठोट लिइन् । करिब ३ वर्षदेखि काठमाडौंमा दिलमायाको कलाकारिता संघर्ष सुरू भयो । उनी दोहोरी साँझमा गाउन थालिन् । कमाइ सीमित थियो । त्यसबाट जोगाएर पूर्वपतिसँग रहेका छोरालाई पनि उनी बेलाबखत पैसा पठाइदिने गर्थिन् ।

नेपालटारमा एउटा कोठा भाडामा लिएर कठीन जीवनयापन गरिरहेकी थिइन् । उनीसँग निकट कलाकार कमल सरगमका अनुसार दिलमायामा डि“प्रे`सनका स्पष्ट लक्षणहरू थिए । यद्यपि औषधि से`वन गरेको वा नगरेको जानकारी नरहेको सरगमले बताए । ‘हामीसँग पटकपटक आफूलाई बाँच्न मन नभएको भन्दै मर्ने कुरा गर्नुहुन्थ्यो, कहिले फेसबुकमा पनि लेख्नुहुन्थ्यो । हामीले गाली गरेपछि हटाउनुहुन्थ्यो,’ उनले भने ।

गत भदौमा दिलमायाले वि“ ष खा`एर आ`त्मह.., प्रयास गरिन् । उनले गायिका टीका पुनलाई फोन गरेर वि“ षको बोतलसमेत देखाएकी थिइन् । त्यसपछि टिकाले घरबेटीलाई फोन गरेकी थिइन् । घरबेटीले बे“होस अवस्थामा भेटेर तत्काल ग्रीनसिटी अस्पताल पुर्याए । त्यहाँबाट टिचिङ लगियो । बल्लतल्ल उनको ज्या“ न जोगिएको थियो । बाँकि जानकारी का लागि हेर्नुस् तलकाे भिडियाे:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here