जब मधु छेत्री सिन्दुर लगाएर अलिफ खानको मा पुगिन…. (हेर्नुस् भिडियो)

0
3

मधु छेत्रीको भयो बिहे , अब बिदेश जाँदै …. जब मधु छेत्री सिन्दुर लगाएर अलिफ खानको मा पुगिन…. हेर्नुहोस् पूरा भिडियो ।

अन्य समाचार : रुपन्देही,

लुम्विनी साँस्कृतिक नगरपालिका–६ बसपार्कबाट एकथान कटुवा पेस्तोल, सोही पेस्तोलको दुईथान गोली र एकथान चक्कुसहित ३ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा भारत सिद्दार्थनगर बस्ने चिनक भनिने ३४ वर्षीय मेदि हुसेन, सोही ठाउँ बस्ने ५१ वर्षीय अक्बर खान र ५५ वर्षीय आसिक अलि रहेका छन् ।

उनीहरू यूपी ५५ एडी ०६८४ नम्बरको मोटरसाइकल आएका थिए । शंका लागि इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको प्रहरीले उनीहरुको पिछा गरेको थियो । सोही क्रममा मोटरसाइकलले गोरूलाई ठक्कर दिई दुर्घटना हुँदा उनीहरूको साथबाट उक्त हतियार बरामद भएको हो ।

घाइते भएका उनीहरूको मेडिकल कलेज भैरहवामा प्रहरीको निगरानीमा उपचार भइरहेको छ ।

इजिप्टमा पौडी खेल्दा सार्कको आक्रमणमा दुई महिलाको मृत्यु:इजिप्टको तटीय क्षेत्रमा यसै साता सार्कको आक्रमणमा एक अस्ट्रियाली र अर्की रोमानियाली महिलाको मृत्यु भएको इजिप्टको वातावरण मन्त्रालयले जनाएको छ । रेड सिमा दक्षिणी हुर्घाडाको सहल हसिस क्षेत्रमा पौडी खेल्ने क्रममा दुई महिलालाई सार्कले आक्रमण गरेको र दुबै जनाको मृत्यु भएको मन्त्रालयले आइतबार फेसबुक पेजमा जनाएको छ ।

अस्ट्रियाको समाचार एजेन्सी एपीएका अनुसार मृत्यु भएकामध्ये एक महिला देशको टायरोल क्षेत्रकी भएको जनाइएको छ । ६८ वर्षीया ती महिला इजिप्टमा छुट्टी मनाउन गएकी थिइन् । अस्ट्रियाको विदेश मन्त्रालयले इजिप्टमा आफ्नो देशको नागरिकको मृत्यु भएको पुष्टि गरेको छ ।

त्यस्तै, रोमानियाको विदेश मन्त्रालयले पनि आफ्नो नागरिकको इजिप्टमा सार्क आक्रमणमा मृत्यु भएको पुष्टि गरेको छ । यसैबीच, दुई महिलाको मृत्युपछि तीन दिनसम्म सम्पूर्ण तटीय क्षेत्र बन्द गर्न रेड सीका गर्भनरले निर्देशन दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here