राजु परीयार र टिका पुनले गायको “दमाईको छोरो” (भिडियो सहित सार्वजनिक )

0
5

काठमाडौं – नेपालि लोक दोहोरी संगै अन्य गीतहरुलाई लामो समय देखी बचाउदै आयका धेरै श्रष्ठा, सर्जक संगै सबै कलाकार हरु अहिले पनि सोहि अनुसार आफ्नो कर्मलाई निरन्तरता दिदै आयका छन्।

गित संगीतमा पछिल्लो समय सोचे जस्तो आम्दानि नभयपनि आफ्नो कर्मलाई नछोडेका त्यस्ता गित संगीतलाई कर्म बनाउदै आयर त अहिले पनि नेपालि गित संगीतले निरन्तरता संगै धेरै विधाहरुमा फड्को मार्दै गयको हुन्छ।

जसका कारण नेपालि गित संगीतलाई माया गर्दै आयका धेरै दर्शकहरु लाई एउटा मनोरंजनको पाटो सधै बाँचीराखेको छ जसको श्रेय यहि क्षत्रलाई आफ्नो कर्म बनाउदै आयका तिनै पुस्ता र कलाकारलाई दिदा फरक नपरला।

अर्को कुरा नेपालि गित संगीतलाई कुन हिसाबले आफ्नो कर्म बनाउदै आयको छ भन्ने पनि हुन जान्छ। यसमा खास गरेर लोक दोहोरी अन्तर्गतका कुरा गरौँ।

लोक दोहोरी भन्ने बित्तिकै पछिल्लो समय खास गरेर प्रत्यक्ष दोहोरीमा स्क्रिप युक्त तरीकाले आयका केहि लाइभ दोहोरीमा हुने गरेका छाडा-पनले गर्दा दर्शकलाई पनि आफ्नो परीवार संग बसेर हेर्न नसकिने खालका डबल मिनिङ्ग लगायर गायका दोहोरी गितहरु बाट नेपालि लोक संगीतलाई बचायको छु भन्नेलाई माथी भनिय अनुसार श्रय पक्कै हुन सक्दैन।

तर पुरानो नेपालि सस्कृति संगै नया पुस्ताको बारेमा सोचेर आयका त्यस्ता धेरै अग्रजहरु लाई भने तपाई हामी सम्मान गर्ने पर्छ। जस मध्ये एउटा लोक दोहोरीका हस्ती गीतकार, संगीतकार, गायक मात्र नभयर उहाको नेपालि गित संगीतको बारेमा धेरै कुरा गर्नेहो भने एउटा सफल किताब बन्न सक्ने झलक संगीतमको कुरा गरौँ।

जसले नेपालि गित संगीत संगै बिशेष गरेर लोक दोहोरीमा पुर्याउदै आयको योगदानको कुरा गर्नेहो भने सायदै ति सब्दहरु अपूर्ण हुन सक्छ। जसले बिगत लामो समय देखी प्राय आफ्नै भाका प्रयोगमा ल्याउदै धेरै प्रत्यक्ष दोहोरीहरु सार्बजनिक गर्दै आयका छन्।

यो मात्र नभयर झलकले आफ्नै स्टुडियो बाट धेरै गितहरु तयार दर्दै कुनै नेपालि गित संगीतलाई असर पुर्याउने अथवा छाडापनका गितहरु भय यसो नगरम यसो गर्दा राम्रो हुन्थ्यो कि भन्दै नया पुस्तालाई सुल्झ्याउने कोसिस समेत गर्छन।

आफ्नै आलाप रेकर्डिङ्ग स्टुडियो समेत संचालन गर्दै आयका झलक संगीतमले खास गरेर लाइभ दोहोरी के हो भन्ने कुरालाई बिगत देखी अहिले सम्म गर्दै आयका ति योगदानको कुरामा खास गरेर धेरैले ध्यान पुर्याउन पर्ने जरुरी देख्न सकिन्छ।

किन भने लाइभ दोहोरी स्टुडियो संचालन जसले पनि गर्न सक्छ तर त्यहाबाट कस्ता गित उत्पादन गर्ने भन्ने कुराको बारेमा धेरैलाई पछिल्लो समय ज्ञान नभयकै कारण पटक पटक लोक तथा दोहोरी गित प्रतिष्ठान नेपालले बैठक बसाउदै त्यसबारेमा सुल्झ्याउन का लागी आग्रह समेत गर्न परेको देखीन्छ।

आलाप दोहोरी बाट आयका त्यस्ता धेरै लाइभ दोहोरीमा भने खासै अहिले सम्म सब्द र सर्जकको आफ्नो स्वामित्व बारे प्रतिष्ठानमा त्यस्ता गुनासो बारे कुरा पुगेको खासै हामीले पायका छैनौं।

केहि बर्ष पहिले आलाप दोहोरीबाटै आयको झलक संगीतमको भाकामा “कति राम्रो दमैको छोरो” लाइभ दोहोरीले समस्त लोक दोहोरी मन पराउने धेरै लोक पारखीको मनमा गुञ्जिरहेको थियो। उक्त प्रत्यक्ष दोहोरीमा टिका पुन र राजु परीयारले गायका थिय भने जसलाई धेरै दर्शकले अतिनै माया गर्दै आयपछी अहिले आलाप स्टुडियो बाट सोहि भाकामा नया अफिसीयल गीत समेत सार्बजनिक भयको छ।

उक्त गीतमा झलक संगीतमले सब्द लेखेका छन् भने अहिले पनि उक्त गीतलाई स्वर टिका पुन र राजु परीयारले नै दियका छन्। भने जुन गीतलाई झलक संगीतमले आलाप रेकर्डिङ्ग स्टुडियो बाटै तयार पारेका हुन्।

उक्त गीतको भिडियो निर्देशन समिर रमदानले गरेका छन् भने छायाकन प्रकाश खड्का त्यस्तै सम्पादन समिर समदानले गरेका छन्। र जुन गीतको भिडियोमा अभिनय रीना थापा मगर, सरद एलजी, जोहन पोख्रेल र स्मिर्ती सुनारले अभिनय गरेका छन्।

उक्त गीतको पुरा भिडियो तल हेर्नुहोस।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here