ओहो!! मेयर बनेको भोलिपल्टै हर्कराज साम्पाङ खानेपानी स’मस्या हल गर्न पानीको मुहानमा (हेर्नुस् भिडियो

0
3

स्वतन्त्र उ्मेदवार रही धरानमा मेयर बनेका नवनियुक्त मेयर हर्क साम्पाङ बधाई तथा शुभकामनाको अबिर मेट्न नपाउदै उनी काममा लागि सकेका छन्। यही क्रममा मेयर हर्क साम्पाङ खानेपानी मुहानमा पुगेको छन।

देशभरका अधिकांश मेयरहरु जितको खुशियाली मनाइरहँदा साम्पाङ भने फिल्डमा खटिएर काम गरिरहेका छन् ।

खानेपानी मुहानमा पुगी सरसफाई गर्न निर्देशन दिएका छन । उनको उदेस्य नै धरानको खानेपानीको समस्या समाधान गर्नु रहेको बताइसकेका छन् ।

यो पनि हेर्नुहोस् : गत बैशाख १२ गते सुनसरीको धरान उपमहानगरपालिकाको मेयर पदका लागी एक भुँइमान्छे हर्क साम्पाङले उमेदवारी दर्ता गराउँदै गर्दा कसले पो सोचेको थियो होला र उनीनै हुनेछन् धरानको भावी मेयर, तर निर्वाचनको अन्तीम मत परिणाम आउँदा झट्ट सुन्दा असमान्य लाग्ने नतिजा धरानले निकालेको छ ।

भुँइमान्छेको तहमा रहेर धरानबासीका हरेक समस्यामा नजिक बाट लड्दै भिड्दै आएका साम्पाङ अन्तत धरान उपहानगरपालिकाको मेयर निर्वाचित भएका छन् ।साम्पाङले आफ्नो नामको पछाडी ‘एउटा क्रान्ति’ भन्ने शब्द जोडेर आफ्नो फेसबुक पेज बनाएका छन् उनको जितले बास्तवमै एउटा क्रान्ति बोलेको छ ।

धरानको मेयरमा निर्वाचित हुने वित्तिकै साम्पाङले सामाजिक संजालमा एउटा स्टाटसले लेख्दै विजय जुलुसमा आउँदा कसैलाई पनि खादा माला नल्याउँनु भनेर अनुरोध गरे त्यसो त उनले चुनावी अभियान भरिनै खादा माला नकिन्नु बरु त्यो पैसाले छोराछोरीलाई कापी कलम किन्नु भनेका थिए यसबाट पनि उनको सोचाइको उचाई कति छ भनेर नाप्न सकिन्छ ।

एकातिर नेपाली काग्रेस , माओवादी केन्द्र नेकपा एस लगायतको गठबन्धन त अर्को तिर एमालेको पनि छुट्टै फुर्तीका साथ निर्वाचनमा तामझामका साथ प्रतिष्पर्धा चलिरहेका बेला एक्लै चुनावी प्रसारमा हिँडेर ,एक्लै पर्चा बाँडेर बिजयी हुन उनका लागी चानचुने कुरा थिएन त्यसैले होला अन्तीम मत परिणाम घोषणा हुँदा साम्पाङले आँशु रोक्न सकेनन् आँखा भएर नुनिला धारा बगिहाल्यो ।

जनताले दिएको भोट नै आफ्नो लागी सबैभन्दा ठूलो सम्मान भएको र त्यसका लागी आफु सदैव ऋणि हुने भन्दै शिरको टोपी राखेर एक भावुक स्टाटस उनले सामाजिक संजालमा पोष्ट गरेका छन् । एउटा भुँइमान्छेले व्यालेट बाट पुरा गरेको सानदार क्रान्तिको चर्चा यति खेर देशै भरि भइरहेको छ ।

धराने जनताको खानीपानी समस्या , भ्रष्टाचार विरुद्धको आन्दोलन लगायतका हेरक सामाजिक मुद्धाहरुमा अग्रमोर्चामा बसेर लडिरहने साम्पाङले यो सफलता भने चानचुने तरिकाले प्राप्त गरेका होइनन् । सबैतिरबाट अपहेलित र बहिस्कृत हुँदा समेत न्यायको लडाइँमा नलर्खराएका उनका खुट्टाले यति खेर बल्ल दरिलो आड पाएको छ ।

जनताको समस्या राख्ने ठाउँ सम्म पनि पत्रकारले नदिएको भन्दै दिउँसै लाइट बालेर जनताको कुरा सुनिदिने पत्रकार खोज्दै हिड्ने साम्पाङलाई खोज्दै अहिले देशैभरका पत्रकारहरुको धरानमा लाइन लागेको छ । उनका कथा र व्यथाहरुले मिडियाका पाना रंगिएका छन् यो दिन सम्म आइपुग्दा उनले भोगेको पीडा र दर्दका कथा भने निकै मन छुने छ ।

समान्य परिवारमा जन्मिएका साम्पाङले वैदेशिक रोजागरीका लागी इराक र अफगानस्थान पुगेर १० बर्ष पसिना बगाएका छन् । यी दुवै मुलुक नेपालीका लागी प्रतिबन्धीत मुलुक हो । अन्यन्तै कष्टर आर्थिक अवस्थाका कारण परिवार पाल्नैका लागी उनले ज्यानको बाजीनै लगाएर जोखिमपुर्ण मुलुकमा गएर काम गरेका थिए । फर्किए पछि निरन्तर धरानका जनताको दुखमा लड्नै आए ।

२०३९ सालमा खोटाङमा जन्मिएका हर्क साम्पाङ अहिले धरान(१८ बुद्धचोकमा बस्छन्। लाहुरेका छोरा उनले धरानकै महेन्द्र क्याम्पसबाट स्नातक तहसम्मको अध्ययन पूरा गरेका छन्। कुनै बेला धरानमा ट्युसन पढाउने र कम्प्युटर सिकाउने साम्पाङले वैदेशिक रोजगारका सिलसिला झन्डै ६ वर्ष इराक र अफगानिस्तानमा बिताए।

उनको परिवारमा आमा, पत्नी र दुई छोराछोरी छन्। उनकी पत्नी घरैमा सानो किराना पसल चलाउँछिन्। उनले विदेशबाट फर्केपछि केही अटो किनेर भाडामा चलाउन दिएका छन्। उनको आम्दानीको स्रोत त्यही हो।

उनी सामाजिक सञ्जालदेखि धरानका सडकमा हाते माइक बोकेर खानेपानी, प्राकृतिक स्रोत दोहन लगायत विविध मुद्दामा भाषण गर्थे। उनका त्यस्ता भाषण सुन्न धेरै मान्छे आउँदैन थिए। तर कसैले सुनोस् कि नसुनोस्, साम्पाङले आफ्ना कुरा निरन्तर भनिरहे।

धरानका खोलानालामा ठेकेदारले जथाभावी उत्खनन गर्दा नगर नेतृत्व रमिते बनेको थियो। साम्पाङसहित केही मानिसले फिल्डमै गएर प्रतिरोध गरेका थिए। त्यस बेला उनका केही साथी घाइतेसमेत भए। खानेपानीको मुद्दा उठाउँदा उनलाई पाइप तोडफोड गरेको मुद्दामा थुना पनि पठाइएको थियो।

उनी २०७६ मा धरानको उपनिर्वाचनमा उम्मेदवार बने। उनको उम्मेदवारीलाई मतदाताले पत्याएनन्। उनले ४२२ मत मात्रै पाए। एमालेको लालकिल्ला भत्काएर पहिलोपटक कांग्रेसका तिलक राई मेयर बने।

साम्पाङ फेरि सडकमै फर्किए। हाते माइक बोकेर भाषण गर्न थाले। त्यति बेला पनि उनी एक्लै थिए।उनको एक्लो यात्रा वैशाख ३० को चुनावअघिसम्म जारी थियो।अरू उम्मेदवारको घरदैलो अभियानमा हजारौंको लर्को लाग्थ्यो। साम्पाङ भने थोरै साथीहरूसँग चोकचोकमा भाषण गर्दै हिँड्थे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here