पल शाह प्र’करणमा पी’डित भनिएकी नाबालिका र उनका बुबाले समेत बयान फेरे,अब के हुन्छ ?(भिडियो हेर्नुस्)

0
2

पल शाह प्रकरणमा पीडित भनिएको पक्षले बयान फेरेको छ । कर णी अभियोगमा थुनामा रहेका शाह प्रकरणमा नाबालिग गायिकाले अदालतमा बकपत्र गर्ने क्रममा पलले कर णी नगरेको भनेर बयान दिएकी हुन् ।

जिल्ला अदालत तनहुँ र नवलपुर दुवैको आदेशले पुर्पक्षका लागि थुनामा रहेका पलविरुद्ध नाबालिगले बयान फेरेपछि घटनाले नयाँ रुप लिने देखिएको छ । जिल्ला अदालत तनहुँमा आइतबार बयानको क्रममा नाबालिग गायिकाले प्रहरीले ज’बर’ज’स्ती आफूलाई हस्ताक्षर गर्न लगाएको तथा उजुरी दिनका लागि द’बाब दिएको भनेर बयान दिएको स्रोतको भनाइ छ ।

बकपत्र गराउँदा पीडित भनिएकी नाबालिग गायिकाले मात्र नभएर उनका बाबुले समेत बयान फेरेका स्रोतको दाबी छ।

१६ वर्षभन्दा कम उमेरकी नाबालिगलाई कर णी गरेको पाइएको भन्दै शाहलाई १२ देखि १४ वर्षसम्म माग दाबी गर्दै दुबै अदालतमा मुद्दा दायर भएको थियो । दुबै अदालतले शाहलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिए । हाल उनी तनहुँ कारागारमा छन्।

तर अहिले पीडित भनिएकी बालिकाले नै बयान फेरेपछि शाहलाई राहत पुग्ने देखिएको छ । पीडित पक्षले बयान फेरेसँगै मुद्दा कमजोर हुने छ । पीडितले नै आफूमाथि कर णी भएको होइन भनेर बयान दिएको खण्डमा भने पिडक भनिएको पक्षलाई राहत पुग्ने छ । तर यसरी बयान फेर्दा पीडित माथि नै कारबाही हुन सक्ने सम्भावना पनि रहन्छ ।

केही साता अघिमात्र जिल्ला अदालत अछामले यस्टिया मुद्दामा पीडक भनिएका व्यक्तिलाई सफाइ दिँदै पीडित युवतीलाई साढे तीन वर्ष जेल सजाय तोकेको छ ।

भिडियो हेर्नुस् :

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here