जेलमै पल साह र नायिका पूजाको भेटबार्ता भएको छ। पलको कुनै स्वर परिवर्तन नभएको र मलाई यतिले माया गर्नुभएको छ त्यो माया फेरी त्यसरी नै पाउनु छ भन्दै कुरा गरेको सुनाउँछिन्।
मेरो लागि तिमी नै हौ हिरो तिमी नभएसम्म मा फिल्म पनि बन्नाउँदिन। पहिलो रोजाइ तिमी नै हौ ।त्यसैले तिमी छिट्टै बाहिर आऊ लगायत कुरा भएको जनाइन्।
२०/२५ कुरा गर्दा सबै समय खुसिको नै माहोल बनाए ,जेलमा छु जस्तो बनाइन्। जे होस् छिट्टै छुटोस पल यदि प्राथमिकता गरिरहेको जनाइन्।
अन्य समाचार : काठमाडौं :
भारती सिंह डेलिभरी भएको १२ दिन पछि मात्र काममा फर्किएकी छिन् । भारतीलाई शुक्रबार रियालिटी शो हुनरबाजको सेट बाहिर पापाराजीले देखेका थिए।
पापाराजीसँग कुरा गर्दै भारती सिंहले आफू धेरै रोएको बताइन् । सानो बच्चालाई घरमा एक्लै छाड्दा भारती दुःखी छिन् । तर, काममा सम्झौता गर्न सकिँदैन भन्ने पनि भारती विश्वास गर्छिन् । हास्य कलाकारले भने- म आज धेरै रोएँ । यो १२ दिनको छ बच्चा र … तर काम भनेको काम हो।
भारती सिंहको कामप्रतिको लगावलाई सलाम छ भन्ने मान्नैपर्छ । भारतीले आफ्नो गर्भावस्थाभर काम गरेकी छिन् । उनी अस्पतालमा भर्ना हुनुभन्दा १ दिन अघिसम्म काम गरिरहेकी थिइन् ।
भारतीले यस क्रममा आलिया भट्ट र रणवीर कपूरको विवाहको बारेमा पनि प्रतिक्रिया दिएकी थिइन्। भारतीले भनिन्- दुवैलाई धेरै धेरै बधाई। हामीलाई बोलाइयो तर बच्चा सानो भएकोले हामी जान सकेनौं, हैन? हामीलाई थाहा छ, अप्रिल १४ मा बलिउडको सबैभन्दा मनमोहक जोडी रणवीर कपुर र आलिया भट्टको विवाह भयो । यो विवाह जम्मा ५० जनाको उपस्थितिमा भएको थियो । सामाजिक सञ्जालमा रणवीर र आलियाको विवाहको मात्रै चर्चा छ ।















