काठमाडौं ।
उदयपुरको बेलका नगरपालिका-३ स्थित कोसी जनता माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत एक छात्राको ढुङ्गा प्रहारबाट ह”त्या भएको छ । बेलका नगरपालिका- ६ स्थित बुद्धचोक घर भएकी १६ वर्षीया कविताको ह”त्या गरेको आ“रोपमा प्र”हरीले दुई जनालाई प”क्राउ गरेको छ । पक्राउ पर्नेमा सरिता ढकाल खत्री र
१९ वर्षका राजेन्द्र ढकाल छन् । साथीको ढुङ्गा प्र”हारबाट ट्युसन पढ्न हिँडेकी कविता सुनुवारको मृ”त्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्र”हरीले जनाएको छ । स्कुल पुग्नुभन्दा करिब ७ सय मिटर पर ह”त्या भएको र घ”टनाबारे अनुसन्धान भइरहेको एसपी बोहराले बताए । विद्यालयका प्रधानाध्यापक सूर्यनारायण शाहले घट”नाको अनुसन्धान र निष्पक्ष छानबिनको माग गरेका छन् । उनको
शव मङ्गलबार बिहान यशोदा खोलानजिकै भेटिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी सुवास बोहराले जानकारी दिए ।सरिता र कविता कोसी जनता माविमा सँगै अध्ययनरत थिए ।
सरितासँग केही दिनअघि भएको सामान्य विवादका कारण दुई जना मिलेर ढुङ्गाले हि”रूकाएर उनको ह”त्या गरेको प्र”हरीको प्रा”रम्भिक अनुसन्धानबाट थाहा भएको छ।















