जी बब – मनमौजी दुनियाँमा हराइरहेको एक र्‍यापरको रु’वाउने कथा, बिज्ञानको बिद्यार्थी, सडक हुदै रिहाबसम्म

0
4

काठमाडौँ | सुदिप भण्डारी उर्फ जी बब अहिले नेपाली हिपहप क्षेत्रमा उदयमान र्यापर हुन् | मिलेन लेबल तेरो बाउ बोला ए” यो र्‍यापको पन्चलाईन अहिले नसुन्ने कमै होलान् । त्यो संगै “खाए त गाजा आफ्नै बाउको खाए” पनि धेरैले सुन्नुभएको होला । यी शब्दहरु हुन् नयाँ पुस्ताका उदाउदा र्‍यापर “जी–बब” भनिने “सुदिप भण्डारी”को । एएनटिएफ अर्थात् “अल नेपाल थग्स फेमिली”ले हाल सञ्चान गरिरहेको र्‍याप व्याटलमा गोदावरीका “जी–बब”ले उक्त र्‍याप हानेर चर्चामा आएका छन् । तर हालै सामाजिक सञ्जालहरुमा उनी आफ्नो र्‍यापमा भनेको झै, लागुपदार्थ सेवन गरी बेहोस अवस्थामा भेटिएका थिए ।

हुन तर्‍यापरहरुले लागुपदार्थ सेवन गर्ने, आफ्ना गीतसंगितमा अस्लिल शब्द प्रयोग गर्ने, अरुको व्यक्तिगत चरित्रमाथि ठेस लाग्ने गरी शब्द प्रयोग गर्नेगरेको नौलो कुरा होईन । नेपालका चर्चित र्‍यापर लाहुरे लागुऔषधको सेवन तथा ओसारपसारको अभियोगमा पक्राउ परेका थिए । यी घटनासँगै र्‍याप गीत र व्याटलहरुमा प्रायः आफ्नो प्रतिद्वन्दीलाई होच्याउन, अनेकौ गाली, फोहोर तथा अश्लिल शब्दको प्रयोग गरिनु जस्ता क्रियाकलापहरुले पनि र्‍यापगीतसंगीतको आलोचना भईरहेको पाईन्छ । हेर्नुहोस –

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here