कसैले मन नपराउने मुलाकाे जुसकाे सबैलाई अचम्मित पार्ने गुणहरु, जुन कसैलाई थाहा नहुनसक्छ ! सजिलै, सस्तो, । जहाँ पनि, पकाएर खाए भो, काँचो खाए पनि हुने,सलादको रुपमा पनि खान सकिने, तरकारीको रुपमा खान सकिने रअचारको रुपमा खान सकिने बहुउपयोगी र गुणकारी खानेकुरा मुला नै हाे ।
मुलालाई त्यसै खाए पनि हुन्छ । साथै यसको रस बनाएर पिउन सकिन्छ । मुलाको रस पिउनु स्वास्थ्यका लागि बढी फाइदाजनक छ किनभने, जुस बनाएर खाँदा मुलामा रहेको पोषक तत्व शरीरमा राम्ररी अवशोषित हुन्छ । मुलाको रसमा जिंक, कपर, फोलेट, क्याल्सियम, पोटोसियम जस्ता पोषक तत्व पाइन्छ । साथै यसमा भिटामिन ए, सी र बि-६ पनि पाइन्छ । मुलाको जुस सेवन गर्दा यी सबै पोषक तत्व शरीरले सहज रुपमा ग्रहण गर्न सक्छ ।
मुला तथा मुलाको जुस सेवन गर्नुको धेरै फाइदै फाइदा रहेका छन् जुन निम्न प्रकार रहेका छन्:-
१) कब्जियतबाट छुटकारा:- यसले पाचन क्षमता बढाउँछ । पित्तको प्रवाहलाई नियन्त्रित गर्छ । यदि तपाई कब्जियतको रोगी हुनुहुन्छ भने मुलाको रस तपाईको निम्ती निकै उपयोगी हुन्छ ।
। २) क्यान्सर फैलने क्रम रोक्छ:- मुलाको रसमा एन्थाकायनिन र भिटामिन सि पाइन्छ । यसले क्यान्सरको कोसिका विकास हुन दिदैन ।
३) राम्रो क्लिन्जर:- मुलाको रस एकदमै राम्रो क्लिन्जर हो । यसले मु-त्राशय, मृगौला, प्रोस्टेट र पाचन तन्त्रलाई शुद्ध गर्छ । मुलाको रसले हा-निकारक वि-षाक्त पदार्थलाई शरीरबाट बाहिर निकाल्न मद्दत गर्छ । मुलाको जुस पि-त्ताशयको थैली र कलेजो सफा गर्न पनि उपयोगी हुन्छ । ४) छालाको लागि:- मुलाको रस छालाको लागि पनि फाइदाजनक हुन्छ । यसमा फस्फोरस, भिटामिन ए र सि हुन्छ । यसले छालालाई चम्किलो, मुलायम र स्वस्थ्य बनाउन मद्दत गर्छ ।
५) इन्जाइम हुन्छ:- मुलाको रसमा म्यारोसिनेस, एस्टि्रसिस, एमाइलेन्ज र डाइजेस्ट जस्ता केहि इन्जाइम हुन्छ । यसले फििफलोमाइल्जी जस्ता फंगल रोगको उपचार गर्छ ।
६) दम रोगमा उपयोगी:- अस्थमा वा ब्रोन्काइटिस जस्ता समस्याले पीडित हुनुहुन्छ ? यदि त्यसो हो भने तपाईको निम्ती मुलाको रस उपयोगी हुन्छ । यसले फोक्सोको श्लेष्म न-ष्ट गर्न सहयोग गर्छ ।
७) एन्टि इन्फ्लेमेटरी गुण:- मुलाको रसमा रहेको एन्टी इन्फ्लेमेटरी गुणले मू-त्र न-ली सफा गर्नका साथै मृगौला सम्बन्धी संक्रमण पनि हटाउँछ । मुलाको रस नियमित सेवन गर्दा मृगौलामा प-त्थ-री हुने समस्या पनि हुँदैन ।














