७६ जनामा कोरोना संक्रमण पुष्टि, २२७ जना संक्रिय संक्रमित

0
3
७६ जनामा कोरोना संक्रमण पुष्टि, २२७ जना संक्रिय संक्रमित

७६ जनामा कोरोना संक्रमण पुष्टि, २२७ जना संक्रिय संक्रमित, पछिल्लो २४ घण्टामा ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार १५१ जनाको नमुना परीक्षण गर्दा ७६ जनामा कोरोना संक्रमण देखिएको हो ।

जसमा ३४५ जनाको पीसीआर परीक्षण गर्दा ४९ जना र ८०६ जनाको परीक्षण गर्दा २७ जना कोरोना संक्रमित छन् । यस्तै कोरोनाका १६ जना संक्रमित निको भएर घर फर्किएका छन् । हाल देशभर २२७ जना कोरोनाको संक्रिय संक्रमति रहेका छन् ।

अन्य समाचार:-  नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी एक डलरको खरिददर १३१.१७ रुपैयाँ रहेको छभने बिक्री दर भने १३१.७७ रुपैयाँ रहेको छ ।

आज एक युरोको खरिददर १४२.२० रुपैयाँ रहेको छ भने बिक्रीदर १४२.८५ रुपैयाँ रहेको छ । यस्तै, साउदी रियाल एकको खरिददर ३४.९४ रुपैयाँ रहँदा बिक्रीदर ३५.१० रुपैयाँ रहेको छ ।

आज मलेसियन रिंगिट एकको खरिददर २९.७३ रुपैयाँ रहेको छ भने बिक्रीदर २९.८६ रुपैयाँ रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here