असार १५ गते । नेपालमा आज पनि ठुलो संख्यामा थपिए नयाँ को-रोना संक्रमित, यति धेरैको मृ-त्यु । पछिल्लो २४ घण्टामा २,६३६ जनामा को-रोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७,२५९ जनामा गरिएको पीसीआर परीक्षणमा १,७२८ र ४४८९ एन्टिजेन परीक्षणमा ९०८ गरी २,६३६ जनामा संक्रमण पुष्टि भएको हो ।
सोमबार ११,६४० जनामा परीक्षण गर्दा २,४४४ जनामा संक्रमण देखिएकामा मंगलबार ११,७४८ जनामा परीक्षण गर्दा झण्डै दुई सय जना बढी संक्रमित थपिएका हुन् । पछिल्लो २४ घण्टामा को-रोना संक्रमणमुक्त हुनेको संख्या ४,४८९ जना रहेको छ । त्यस्तै को-रोना संक्रमणका कारण २० जनाको मृ-त्यु भएको छ । हाल देशमा सक्रिय संक्रमितको संख्या ३५ हजार ३१० जना रहेको छ ।
कुन जिल्लामा कति संक्रमित थपिए ? यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा ३०२, चितवनमा १५५, झापामा १५०, सुनसरीमा १३८, ललितपुरमा १००, मोरङमा ९०, बागलुङमा ७०, कास्कीमा ६१, भक्तपुरमा ५६, रुपन्देहीमा ५१ जनामा को-रोना सं’क्रमण देखिएको छ ।
बर्दियामा ४९, नवलपरासी पुर्वमा ४१, कैलालीमा ३८, नुवाकोटमा ३७, पाल्पामा २६, काभ्रेपलाञ्चोकमा २४, दाङमा १९, धनकुटा र मकवानपुरमा १६/१६ जना, दैलेख र हुम्ला र कञ्चनपुरमा १५/१५ जना, बारा, धादिङ र सुर्खेतमा १४/१४ जना, दोलखा, अर्घाखाँची र मुगु १२/१२ जना, धनुषा, नवलपरासीमा ११/११ जना तथा सिरहा, म्याग्दी, बाँकेमा १०/१० जनामा को-रोना सं’क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
यस्तै १० वर्ष मुनिका ५३ बालबालिकामा को-रोना सं’क्रमण देखिएको छ भने ११देखि २० वर्षम उमेर समूहका ११५ जनामा को-रोना सं’क्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । काेराे-ना भा- ईरस (काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।















